निजामती सेवा विधेयकलाई प्रदेश सभामा पेस गर्ने निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निजामती सेवा विधेयकलाई प्रदेश सभामा पेस गर्ने निर्णय


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । कोसी प्रदेश सरकारले भदौ १ गते बस्ने प्रदेश सभा बैठकमा निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेस गर्ने भएको हो। बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीप सुनुवारले स्थानीय सेवाको गठन सञ्चालन सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस हुने जानकारी दिए।

मन्त्री सुनुवारले भने, ‘लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भएर टुङ्गो नलागुञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृत भई सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग तथा निकायका ०८०-८१को अस्थायी सङ्गठन संरचना, दरबन्दी स्वीकृत सम्बन्धमा निर्णय गरेको हो।’

Tags :
प्रतिक्रिया दिनुहोस