युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री महत  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री महत 


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए।

“युवाले नै नेपालको रुपान्तरण गर्ने हो। विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै  कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सुक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्, “अर्थमन्त्री डा महतले भने, “युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ। युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही सदुपयोग गर्नु आवश्यक छ। अध्ययनका लागि विदेश जानुभयो भने पनि फर्कनु होला।”

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेको तर्क इङ्गीत गरे। उनले बजेटमा युवा उद्यमशीलाका लागि एक अर्ब रकम छुट्याएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताए।

युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस