सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिममा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । यस अघि रहेका चार वटा समितिलाई अव ६ समिति बनाउने तयारी भइरहेको छ ।

सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै सुदूरपश्चिम प्रदेशमा समितिको संख्या बढ्ने भएको छ । समितिको संख्या बढाउनु अघि कार्यदल बनाइने तयारी भएको छ ।

समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाउने विषयमा छलफल भइरहेको सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीले जानकारी दिए । उनले केही दिन यस विषयमा मुख्यमन्त्री कमल बहादुर शाहसँग पनि छलफल गरेका छन् ।

मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूसँग पनि छलफल गरेका सभामुख भण्डारीले कार्यदल बनाएर सबै विषय टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस