एकीकृत समाजवादीको सचिवालय बैठक जारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


१९ श्रावण २०८०, शुक्रबार


नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ । आगामी भदौ ५, ६ र ७ गतेका लागि काठमाडौँमा बस्ने तय भएको केन्द्रीय समिति बैठकको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु भएको बैठक दिनभर चल्नेछ ।

पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने जानकारी दिए ।

उनले भोलि र पर्सी बस्ने पार्टी स्थायी कमिटी बैठक र पार्टी महाधिवेशनका विषयमा पनि छलफल हुने बताए । साथै, आगामी भदौ ३ र ४ गते केन्द्रीय पोलिटब्युरो बैठक कार्यालयमा बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस