विद्युत् उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विद्युत् उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलेखका शाहीलाई सिइओ नियुक्त गरेको हो ।

उनको नियुक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत नेतृत्वको छनोट समितिका एक सदस्यका अनुसार समितिले गरेको सिफारिसका आधारमा शाही नियुक्त भएका हुन् ।

शाही र पोखरेलसँगै देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस