घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घुससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक पिसिसि ढलान र ग्राभेल गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरेपमा कोटहीमाई गाउँपालिका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट रु. ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २० गते नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको सडक पि.सी.सी. ढलान र ग्राभेल गर्नको लागि कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु. पैँतालीस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

इन्जिनियर यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा पैँतालीस हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस