द्वन्द्वकालमा बालसेनाको प्रयोगबारे ‘प्रचण्ड’ले पठाए सर्वोच्चलाई जवाफ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

द्वन्द्वकालमा बालसेनाको प्रयोगबारे ‘प्रचण्ड’ले पठाए सर्वोच्चलाई जवाफ


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा बालसेनाको प्रयोग नगरेको दाबी गरेका छन् । 

सर्वोच्च अदालतलाई दिएको लिखित जवाफमा नेकपा (माओवादी केन्द्र)का प्रचण्डले द्वन्द्वकालमा बालबालिकालाई सेनामा प्रयोग नगरेको र शान्ति प्रक्रियासहित सम्बन्धित सबै दस्ताबेजमा बालसेनाबारे उल्लेख नभएको दाबी गरेका छन् ।

उनले आफू द्वन्द्वपीडितहरूलाई राहत, परिपूरण र क्षतिपूर्तिका लागि अनवरत रूपमा काम गरिरहेको पनि बताएका छन् । शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन आफू निरन्तर लागिपरेको उनको भनाइ छ । 

माओवादी जनयुद्धमा संलग्न रहेका लेनिन विष्टले जनयुद्धमा बालसेना प्रयोग भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस