कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र सुवेदीको इजलासमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र सुवेदीको इजलासमा


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दामा सर्वोच्चले आजदेखि निरन्तर सुनुवाइ गर्दैछ।

न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ।

गत असार २१ गते कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न गरिएको दाबीमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले असार २२ गते सर्वोच्चमा रिट दिएका थिए।

रिटमा सभामुखले गैरसंवैधानिक काम गरेकाले वर्तमान सरकार अवैधानिक भएको दाबी गर्दै कार्कीले आफ्नो नेतृत्वमा  सरकार गठनका लागि परमादेश माग गरेका छन्।

उक्त रिटमाथि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न आदेश दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस