२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारी: जानैपरे सीप सिकेर मात्रै जाऔँ

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलान्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् । यो अवधिमा १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधा हाराहारी हो ।

वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि जिल्लाबाट नौ हजार तीन सय ६७ जनाले अनुमति लिए पनि  राहदानी प्राप्त गरेकामध्ये १३ हजार सात सय ७६ लाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको कार्यक्रम निर्देशक वसन्त कुँवरले बताए । जिल्लास्थित सिविक फोरम नामक संस्थाद्वारा सञ्चालित सामी कार्यक्रमले स्थानीय सरकारसँगको समन्वयमा चार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम लागू गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी सेवा लिने नागरिकलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ । 

कार्यक्रम काभ्रेपलान्चोक लगायत नेपालका ३९ जिल्लामा सुरु गरिएको हो । नेपालबाट दैनिक सरदर दुई हजार दुई सय वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । “सकेसम्म स्वरोजगार बनी वैदेशिक रोजगारमा नजाने, जानैपरे सीप सिकेर मात्रै जानुपर्ने व्यवस्थाका लागि सेवाग्राहीलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको छ”, उनले भने। कार्यक्रम निर्देशक कुँवरका अनुसार सामी परियोजनाले जिल्लाका नागरिकका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेकालाई अभिमुखीकरण गर्दै आएको छ ।

सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने, जाँदा लाग्ने रकम कम हुने तथा सुरक्षित काम गर्ने अवसर पाइने भएकाले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने कार्यक्रमको प्रमुख विषय रहेको जनाइएको छ । उक्त सुरक्षित आप्रवासन कार्यक्रम जिल्लाको धुलिखेल नगर, मण्डनदेउपुर नगर, रोशी र भुम्लु गाउँपालिकामा लागू गरिएको हो । स्थानीय तहमा उक्त कार्यक्रमले पारेको प्रभाव तथा निरन्तरताबारे सुधार्नुपर्ने विषयमा भएको छलफलमा सहभागीले पनि स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ भन्ने विषयमा जोड दिएका थिए ।

धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले सही सूचना लिएर र सीप सिकेर मात्र जाँदा आफ्नो रोजगारी सुरक्षित र प्रभावकारी हुने बताए । उनले भने, “वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई सदुपयोग गरी स्थानीय सरकारले गरिबी निवारण तथा आयआर्जनमा जोड्न सामूहिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसका लागि तीन तहकै सरकारको समन्वय आवश्यक रहन्छ ।”

सामी परियोजनाको मूल नारा पनि ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ ’ भन्ने नै हो । काभ्रेपलाञ्चोकको धुलिखेल नगर र रोशी गाउँपालिकामा सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ भने मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिकामा स्थानीय सरकार आफैँले कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सामी परियोजनाका लागि सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि निःशुल्क सीपमुलक तालिम प्रदान गरिरहेको छ । 

यस्तै फोरमले आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन, आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालन, सामाजिक परिचालन तथा सशक्तीकरण कार्यक्रम (समुदाय अभिमुखीकरण-गहन अभिमुखीकरण)मार्फत घरभेट तथा सूचना प्रवाह गरिरहेको छ । 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा सामी परियोजना प्रभावकारी देखिएको उल्लेख गर्दै यसले वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र रोजगारमा गएका परिवारका आफन्तलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, निःशुल्क कानुनी सहायता (न्यायमा पहुँच) र सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच)जस्ता कार्यक्रम सञ्चालनले सुरक्षित आप्रवासनमा निकै सहयोग पुगेको बताए ।

मण्डनदेउपुर नगरका दुई हजार दुई सय ९१ नागरिक हाल वैदेशिक रोजगारमा रहेको जनाइएको छ । सामी परियोजनाको स्थानीय जनप्रतिनिधिसँग एक वर्षे समीक्षामा वैदेशिक रोजगारमा रहेका र फर्केकाको सङ्ख्या सार्वजनिक गरिएको थियो। उक्त नगरमा वैदेशिक रोजगारबाट फर्केकाको सङ्ख्या दुई हजार एक सय २४ रहेकामा  अधिकांशले कृषि पेसा अपनाएका थिए ।