झण्डै १४ सय विदेशीले दिए श्रम स्वीकृति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

झण्डै १४ सय विदेशीले दिए श्रम स्वीकृति


१९ असार २०८०, मंगलबार


काठमाडौँ । गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । 

गएको वैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 

यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका हुन् । 

यता नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १५ सम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार रहेको छ । 

अघिल्लो आर्थिक वर्षमा झण्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस