समाजवादी मोर्चाबारे उपेन्द्रको टिप्पणी-‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ, ठिकै भएको छ’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

समाजवादी मोर्चाबारे उपेन्द्रको टिप्पणी-‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ, ठिकै भएको छ’


७ असार २०८०, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माण गर्ने विषयमा लामो समयदेखि छलफल चलेको तर छलफलमा एकदिन पनि बाबुराम भट्टराईलाई नदेखिएको बताएका हुन्।

उनले भने, ‘६-७ महिनादेखि सघन रूपमा छलफल हुँदै आएको हो। उहाँको संलग्नता कहिल्यैपनि देखिएन। न हामीले उहाँलाई समातेको हो, न छोडेको हो। छुट्नुभएको हो भने उहाँलाई थाहा होला।’

यादवले बाबुरामका लागि बाटो राखिदिएको पनि बताएका छन्। मोर्चाले लिएको अवधारणालाई समर्थन गर्ने र साथमा चल्ने हो भने हामीले त्यसका लाग बाटो राखिदिएका छौँ,’ उनले भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ। त्यसले गर्दा ठिकै भएको छ  कि जस्तो पनि लाग्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस