उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच भेट « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच भेट


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेट भएको हो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए । 

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

राजदूत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुसी लागेको पनि बताइन् । त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र बङ्गलादेशबिचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । साथै, दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफूले बुझेको बताए । राजदूत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस