तीन सहसचिवसहित सामान्यका एक सय तीन कर्मचारीको हाजिरीमा रातो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन सहसचिवसहित सामान्यका एक सय तीन कर्मचारीको हाजिरीमा रातो


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी छड्केमा परेका छन् । मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा गरेको आकस्मिक छड्के जाँचका क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाइएको छ ।

सम्बन्धित समाचार : सामान्यमा सचिवको आन्तरिक छड्के, दर्जन बढी कर्मचारीको भेटिएन समयमै हाजिरी

हाजिरीमा रातो लगाइएका कर्मचारीहरूमा अतिरिक्तसमेत गरी तीन जना सहसचिव, २३ जना उपसचिव, ३६ जना शाखा अधिकृत र नायव सुब्बा तथा सहायक स्तरका ४१ जना गरी एक सय तीन जना कर्मचारी अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस