२ मन्त्रालयको माग दाबीसहित रेशम चौधरीले भेटे प्रधानमन्त्री प्रचण्डलाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२ मन्त्रालयको माग दाबीसहित रेशम चौधरीले भेटे प्रधानमन्त्री प्रचण्डलाई


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।

सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए। दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।

उनले टीकापुर घटनामा थारुहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग माग गरे। उनले अझै टीकापुर घटनामा निर्दोष थारुहरू जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरे। लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारुहरूलाई न्याय दिनुपर्ने उनले सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस