डा.नारायण खडका र अष्ट्रियाका पूर्वराष्ट्रपतिबीच भेट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डा.नारायण खडका र अष्ट्रियाका पूर्वराष्ट्रपतिबीच भेट


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ। पूर्वपरराष्ट मन्त्री एवम् संघीय सांसद डा.नारायण खडकाले अष्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेट गरेका छन्।

हाल युरोपको भ्रमणमा रहेका खडकाले भेटमा पूर्वराष्ट्रपति फिसरले नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विपी कोइरालालाई त्यससमयमा अष्ट्रियाका सोसलिष्ट पार्टीका अध्यक्षको अनुरोधमा आफूले भीयना एयरपोर्टबाट घरमा राखेको कुरा स्मरण गरे।

भेटमा डा. खडकाले वीपी कोइरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत् तथा पर्यावरण को संरक्षणमा सहयोग गर्न अनुरोध गरे।

साथै सन् १९९८ मा बन्द भएको अष्ट्रियन एयरलाइन्स लाई पुन चालु गर्न अस्ट्रियाको सरकारलाई अनुरोध गरिदिन पनि आग्रह गरे ।

जवाफमा पूर्वराष्ट्रपति फिसरले युक्रेनको सङ्कट र युरोपीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टान्तका साथ निकै रोचक घटनाहरु उल्लेख गरे।

पूर्वराष्ट्रपतिले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयहरूमा आफ्नो सरकारसँग अनुरोध गरी दिने आश्वासन दिए। भेटमा अष्ट्रियाका लागि नेपाली राजदूत भरत रेग्मी पनि उपस्थित थिए।

Tags :
प्रतिक्रिया दिनुहोस