देश परिवर्तन गर्न राजनीति सफा गर्नुपर्छ : गृहमन्त्री  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

देश परिवर्तन गर्न राजनीति सफा गर्नुपर्छ : गृहमन्त्री 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन्।

आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताए।

राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ। राजनीतिबाट भागेर लोकतन्त्र र उपलब्धि रक्षा गर्न नसकिने भन्दै मन्त्री श्रेष्ठले राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पारे।

‘लोकतन्त्रपछि पनि जति जनतालाई डेलिभरी दिनुपर्ने हो, त्यो हुन सकेन । आजको समस्या त्यो हो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी हो । त्यो कमजोरी पोलिटिक्समा छ । राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ । राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने भन्ने यसमै निहित छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस