अर्थमन्त्रीले सांसदहरूको अवमूल्यन गर्नुभयो : विष्णु पौडेल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्थमन्त्रीले सांसदहरूको अवमूल्यन गर्नुभयो : विष्णु पौडेल 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरूको अवमूल्यन गरेको बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले आफूले हटाएको सांसद विकास कोष बिउँत्याएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा दिइने भनिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको पाँच करोड रुपैयाँ सम्बन्धित मन्त्रालयमार्फत सामुदायिक विद्यालयको पूर्वाधारमा विनियोजन गर्न आग्रह गरेका छन् ।

“अर्थमन्त्रीज्यूले सांसदहरूलाई पाँच करोडमा अवमूल्यन गर्नु भएको छ । मैले त चाहिँदैन भनेकै थिए भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहनु भएको छ । उहाँले माननीय सदस्यहरूलाई अपमान गरिरहनु भएको छ,” उनले भने, “संघीय संसद्का माननीयहरूको माग प्रत्येक निर्वाचन क्षेत्र र समग्र देशको सन्तुलित र समन्यायिक विकास हो भन्ने यथार्थलाई छोप्न खोज्नु भएको छ । मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको निमित्त पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन पाँच करोड बजेट सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत खर्च गर्न व्यवस्था गर्नुहुन माननीय मन्त्रीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु ।” 

Tags :
प्रतिक्रिया दिनुहोस