मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थल जाँदा प्रश्न उठ्छ : बाबुराम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिमण्डल एकैसाथ धार्मिक स्थल जाँदा प्रश्न उठ्छ : बाबुराम


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए । डा. भट्टराईले त्यसरी जाँदा राजनीतिक हुने टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो । तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

Tags :
प्रतिक्रिया दिनुहोस