पुराना राजनीतिक दलविरुद्ध अभियान सञ्चालन गर्न खोजेको ओलीको आरोप « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पुराना राजनीतिक दलविरुद्ध अभियान सञ्चालन गर्न खोजेको ओलीको आरोप


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको आरोप लगाएका छन् ।

काठमाडौँमा शनिबार नेपाल निजामती कर्मचारी सङ्गठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले पुराना दल र नेताविरुद्ध अभियान सञ्चालन गर्न खोजिएको बताएका हुन् ।

उनले पुराना राजनीतिक दलहरूले गरेको सङ्घर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थामा अभियान सञ्चालन गरिएको बताए । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई सङ्घर्षबाट ल्याएको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले पुरानाहरूका विरुद्ध एउटा अभियान सञ्चालन गर्न खोजिएको छ, योगदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको छ, त्यागका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको छ, सङ्घर्षका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको छ । दृढ र अनवरत सङ्घर्ष स्वरूप आजको अवस्थामा आइपुगेका हौँ । त्यो उनीहरूले बुझ्न सकेका छैनन् । सानो बलिदानबाट हामी आइपुगेका छैनौँ । यो त्यत्तिकै आएको होइन । असभ्य, अमर्यादित तरिकाको बाढी बगाउन खोजिएको छ । जुन कुराको गन्तव्य हुँदैन । हामी इतिहासलाई सम्मान गर्छौँ, गर्व गर्छौँ भन्छौँ, त्यो भनेको के ?’

Tags :
प्रतिक्रिया दिनुहोस