जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जाजरकोटमा पोखरीमा डुबेर २ बालकको मृत्यु


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । जाजरकोटमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।

दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस