आगलागीबाट दुई घर र दुई फार्म जले « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

आगलागीबाट दुई घर र दुई फार्म जले


१८ बैशाख २०८१, मंगलबार


बरहथवा (सर्लाही) । जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो । 

आगलागीबाट हरिवन नगरपालिका-३ मोहनपुरका  रोहन भुजेलको घर र दुई वटा फार्म घर जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरा पालन गरेको दुई वटा फार्ममा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

विद्युत् सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित रु ११ लाख बराबरको क्षति भएको हो । 

यसैगरी, गए राति नै कविलासी नगरपालिका-१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका वासुदेव महतोको गोठघर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस