सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै एमालेको प्रदर्शन  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै एमालेको प्रदर्शन 


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले तत्काल गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कायम गर्न माग गरेका थिए । उनीहरूले विश्वविद्यालयका लागि बजेट विनियोजन गर्न पनि माग गरेका थिए ।

साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नपाइने भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

प्रदर्शनमा एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्ट, कञ्चनपुर-१ का प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, पूर्वसांसद नारदमुनि राना, गणेश ठगुन्ना, प्रदेश सांसद झपट रावलसहित सुदूरपश्चिमका एमाले निकट नेताकार्यकर्ताहरूको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस