आफ्नै तालिम केन्द्र बनाउँदै राष्ट्रिय अनुसन्धान विभाग   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्नै तालिम केन्द्र बनाउँदै राष्ट्रिय अनुसन्धान विभाग  


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले आफ्नै तालिम केन्द्र बनाउने तयारी गरेको छ । हालसम्म विभागका कर्मचारीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो ।

हालै आफ्नै तालिम केन्द्र बनाउनका लागि विभागले कागेश्वरी मनोहरा नगरपालिकामा ३५ रोपनी जग्गा प्राप्त गरेको छ । सरकारी स्वामित्वमा रहेको जग्गा विभागको नाममा आएको हो ।

तालिम केन्द्रको डीपीआर बनाउने र पर्खाल लगाउनका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेट समेत छुट्टिएको स्रोतको भनाइ छ ।

एक अधिकारीका अनुसार पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागमा अधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ । त्यसअनुसार अहिले आतङ्कवाद, राष्ट्रिय सुरक्षा लगायतका विषयमा तालिमहरू पनि सञ्चालन भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस