नागरिकता माग्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नागरिकताको माग गर्नेहरूले काठमाडौँको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट वञ्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरू वञ्चित भएको बताए ।

विदेशी नागरिकहरूले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । उत्तम कुमारले न्यायालय र कानुन व्यवसायीहरूप्रति पनि आक्रोश पोखे ।

Tags :
प्रतिक्रिया दिनुहोस