चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको काम गर्छु : मन्त्री लिम्बू « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको काम गर्छु : मन्त्री लिम्बू


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

बुधवार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले आफू मन्त्रीको रूपमा मात्र नभएर जनताको सेवकको रूपमा भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको रूपमा काम गर्ने दृढता पनि व्यक्त गरे ।  

उनले भने,‘चलचित्र क्षेत्रलाई सरकारसँग जोड्ने पुलको काम गर्छु म । त्यसको लागि तपाईँहरूले साथ दिनुपर्छ मलाई । काम लगाउनु पर्‍यो । म सेवक हुँ मन्त्रीको रूपमा जिम्मेवारी पूरा गर्दै गर्दा पनि जनताको सेवक हुँ ।’

मन्त्री लिम्बूले आगामी दिनमा चलचित्र क्षेत्रलाई सरकारको नीति तथा कार्यक्रममा जोड्न आवश्यक पहल गर्ने पनि बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस