वामदेव गौतमको सदस्यता एमालेमै छ : केपी ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामदेव गौतमको सदस्यता एमालेमै छ : केपी ओली


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन्।

बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाए राष्ट्रियसभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री गौतम नेकपा (एमाले)मा प्रवेश वामदेव गौतमले एमाले आउने कुरा गरेको भन्दै प्रश्न गरेका थिए। ओलीले यो विषयमा थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिएका छन्।

ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो‚ होइन ? अब कुरा केही बाँकी छ ? उहाँले बीचमा पार्टी होइन एउटा मञ्च बनाउनु भयो। एकता अभियान चलाउनुभयो। त्यो पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठिक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’

Tags :
प्रतिक्रिया दिनुहोस