‘ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए’


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आगामी आर्थिक वर्षको बजेटमाथि केपी शर्मा ओलीले लामो टिप्पणी गरेकामा व्यङ्ग्य गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १ घण्टा ५८ मिनेट बोलेको निधिले बताए ।

उनले भने, ‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न जति टाइम लिनुभयो, उहाँले त्यति नै टाइम लिनुभयो । प्रतिपक्षी दलका नेताले राम्रो होमवर्क गर्नुभएको रहेछ ।’ उनले बजेटमाथि ओलीको टिप्पणी आफैँले लेखेको हो कि अरूले लेखिदिएको हो भनेर पनि ठट्टा गरे । ‘यद्यपि होमवर्क राम्रो गरेर आउनुभएको रहेछ धन्यवाद दिन चाहन्छु । संसदीय प्रणालीप्रति साँच्चै प्रतिबद्ध हुन थाल्नुभयो । प्रतिपक्षीको भूमिकामा प्रतिबद्ध हुनुहुन्छ । धेरै बेर पर्खेँ मैले पनि । प्रतिपक्षीको बेन्चतिर हेर्न थालेँ, जति समय बित्दै गयो, उहाँहरू निदाउन थाल्नुभयो । ताली लगाउन पनि बिर्सनुभएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस