एघार सय विद्युतीय गाडीमा ‘सेटिङ’ले काम गर्‍यो : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एघार सय विद्युतीय गाडीमा ‘सेटिङ’ले काम गर्‍यो : ओली


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघार सय गाडीमा ‘सेटिङ’ ले काम गरेको बताएका छन् । कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघि नै आएको उनले बताएका छन्।

मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले भने, ‘११ सय गाडीमा बहुत नयाँ क्यालकुलेटर चलेको छ। त्यहाँ आर्टिफेसियल इन्टेलिजेन्सले काम गरेको छैन। त्यहाँ सेटिङले काम गरेको छ ।’

बजेटमा यस्ता गाडीहरूको कर बढ्दै छ भन्ने जानकारी पहिल्यै दिइएकाले त्यस्ता गाडी बजेट अघि नेपाल भित्रिएको अध्यक्ष ओलीको जिकिर थियो। उनले यसैलाई सेटिङका रूपमा व्याख्या गरेका हुन। 

व्यवसायीले कर बढाइएका गाडी बजेट पूर्व नै ल्याउँदा राज्यलाई करमा ९० करोड घाटा लागेको बताइएको छ।

उनले बजेट निराशाजनक रहेको र यो नेपालीको हितमा नरहेको टिप्पणी पनि गरे।

Tags :
प्रतिक्रिया दिनुहोस