अर्थमा पूर्व कर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अर्थमा पूर्व कर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ र

नेपाली काँग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्व कर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । सांसद डा अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पारे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलेमतोमा सामसुम हुने गरेको टिप्पणी गरे । सोबारे अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकलाई जवाफ दिँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस