राष्ट्रियसभाको बैठक आज बस्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

राष्ट्रियसभाको बैठक आज बस्दै , प्रधानमन्त्रीले सम्बोधन गर्ने


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक आज (मंगलबार) बिहान ११ बजेर ११ मिनेट बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तैगरी, अन्य कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने र अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र यस विषयमा छलफल प्रारम्भ गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस