करका दर हेरफेर गर्ने नासुमाथी छानबिन गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

करका दर हेरफेर गर्ने नासुमाथी छानबिन गर्न माग


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्न पूर्व नासुको संलग्नताबारे छानबिन गर्न समिति बनाउन माग गरेका छन् । 

आज संसद बैठकमान बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘केही व्यापारिक घरानालाई पोस्ने गरी करका दर हेरफेर गरियो भनेर समाचार आएको छ, भन्सार विभागका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई बजेट निर्माण गर्ने गोप्य कोठामा लगिएको भन्ने छ ।’ उनले थपे, गोप्य कोठामा सरकारका उपसचिवसमेत जान पाउँदैनन्, यदि यो कुरा साँचो हो भने अर्थमन्त्रीलाई कारबाही होस्, पा्ेहोर पनि यस्तै भयो, अब यसका लागी छानबिन समिति बनाउ, यदि यो समाचार असत्य हो भने समाचार लेख्ने मिडियालाई कारबाही गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस