नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने सीमा राख्नुपर्छ : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने सीमा राख्नुपर्छ : प्रधानमन्त्री


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विवाह गरेर आउने महिलालाई कति वर्षमा नागरिकता दिने भन्ने निश्चित वर्षको सीमा राख्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा समझदारी बनाएर त्यस्तो समय सीमा राख्नुपर्ने बताए ।

नागरिकता विधेयकका विषयमा प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आफू सीमा राख्न तयार रहेको बताए ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले समय सीमा राख्ने विषय संसद्‌मा नै भनेपछि विधेयक प्रस्तुत भएको बताए । त्यतिबेला जन्मसिद्ध आमाबाबुका सन्तानहरू नागरिकता नपाएर प्रताडित भएकाले समस्या समाधान गर्न विधेयक ल्याइएको र नेपालमा विवाह गरेर आउने महिलालाई सीमा राख्ने विषय थाती रहेको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषय सबै राजनीतिक दलका साझा भएको पनि दाहालको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस