चितवनमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चितवनमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु


२२ जेष्ठ २०८०, सोमबार


भरतपुर । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका–१९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो ।

गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका कारण गुरुङको नाक र मुखमा गहिरो चोट लागेको थियो ।

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।

मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस