नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार छुट नपाउने


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले उक्त छुट नपाउने भएका हुन् । 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागेको हो ।

आर्थिक अध्यादेशमार्फत भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा  भन्सार ऐनमा भएको संशोधन अनुसार १ साउन २०८० देखि वैदेशिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनासँग सम्झौता गर्दा सिमेन्ट, फलामे डण्डी, फलाम तथा प्लास्टिकका पाइप, जस्तापाता र विद्युतीय केबलको पैठारीमा महसुल छुट दिने गरी सम्झौता गर्न नपाइने भएको छ ।

यसअघि सरकारले मन्त्रिपरिषद्‍बाट आयोजनाहरूलाई भन्सार महसुल छुट दिने गरी निर्णय गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस