एमालेले गर्‍यो १३ जना केन्द्रीय कमिटीमा मनोनीत (सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले गर्‍यो १३ जना केन्द्रीय कमिटीमा मनोनीत (सूचीसहित)


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ । 

आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जङ्गली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो । 

केन्द्रीय कमिटीमा मनोनीत हुनेमा न्यौपाने, प्रेमबहादुर सिंह, विश्वासी, जङ्गली, हेमराज राई, डम्बर विष्ट, उमाशङ्कर अरगरिया, अजय गुप्ता, एकवाल मिया, 

गणेश खनाल , प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस