मापदण्डविपरीत सञ्चालित चार क्लिनिक सिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मापदण्डविपरीत सञ्चालित चार क्लिनिक सिल


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । मापदण्डविपरीत सञ्चालनमा रहेका कञ्चनपुरका चार क्लिनिक (औषधी पसल)मा सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बेलौरी नगरपालिका क्षेत्रका चार क्लिनिकमा सिलबन्दी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा कैफियत भेटाएपछि सिलबन्दी गरेको प्रशासनले जनाएको छ। 

बेलौरी नगरपालिका–४ बेलौरी बजारस्थित जगदम्बा अस्पताल प्रालि, बेलौरी पोलिक्लिनिक, जगदम्बा हेल्थ क्लिनिक एण्ड प्याथोलोजी र बेलौरी-८ कलकत्तास्थित कलकत्ता पोलिक्लिनिकमा सिलबन्दी गरिएको हो।

मापदण्डविपरीत रहेका ती औषधी पसल र क्लिनिकले जनताको स्वास्थ्यमा खेलवाड गर्न लागेकाले सिलबन्दी गरेको बताइएको छ। क्लिनिक सञ्चालकहरूलाई थप कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस