मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समकक्षी नरेन्द्र मोदीसँग सीमाका विषयमा पनि छलफल भएको बताएका छन् ।

भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा आफूले मोदीसँग राखेको बताएका हुन् ।

 ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौँ । मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखेँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस