राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार (आज) बिहान उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक संविधान विपरीत ‘होल्ड’ गरेकी थिइन् । सरकारले राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न १२ जेठमा अनुरोध गरेको थियो ।

पौडेलले सरकारको अनुरोधलाई पालना गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस