रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पूर्वसांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराका पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिएपछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।

नयाँ संविधान जारी हुनु अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित ७ सुरक्षाकर्मीसहित आठ जनाको बीभत्स हत्या भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस