क्यासिनोले डेढ करोड रोयल्टी बुझाउनुपर्ने व्यवस्था « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्यासिनोले डेढ करोड रोयल्टी बुझाउनुपर्ने व्यवस्था


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सरकारले क्यासिनोलाई डेढ करोड रोयल्टी तोकेको छ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर सरकारले उक्त रकम तोकेको हो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजत पत्र प्राप्त व्यक्ती वा संस्थाले क्यासिनो सञ्चालनबापत डेढ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था भएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत समेत क्यासिनोलाई यही दरको रोयल्टी ल्याएको थियो । जुन, आगामी आर्थिक वर्षलाई समेत कायम रहेको हो ।

रोयल्टी रकम सम्बन्धित क्यासिनो सञ्चालन गर्न इजाजतपत्रप्राप्त व्यक्ती वा संस्थाले पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्त भित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र दाखिल गर्नुपर्ने छ ।

आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खोलको लागि वार्षिक डेढ करोड ५० लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था, प्रयोजनको लागि एउटा इजाजत पत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

रोयल्टी बुझाउनुपर्ने समय नाघेको ३ महिनासम्मको लागि रोयल्टी १५ प्रतिशतका दरले थप शुल्क र सो अवधिपछिको बाँकी ३० प्रतिशतका दरले वार्षिक शुल्क हुने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस