बजेटप्रति विद्यालय कर्मचारी आक्रोशित, आन्दोलन गर्ने चेतावनी  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बजेटप्रति विद्यालय कर्मचारी आक्रोशित, आन्दोलन गर्ने चेतावनी 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । सरकारले प्रस्तुत गरेको बजेटले आफूहरूले अघि सार्दै आएको माग सम्बोधन नगरिएको भन्दै परिषद्ले आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ । 

परिषद्ले एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सेवा सुविधाको विषयमा कुनै पनि प्रकारको सम्बोधन नभएकोमा आपत्ति जनाएको हो । 

तत्काल नीति तथा कार्यक्रममा उल्लेख भएको विषयलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । माग सम्बोधन नगरिए तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने परिषद्ले चेतावनी दिएको छ । 

आन्दोलनपछि हुन जाने सम्पूर्ण क्षतिको जिम्मेवार तथा जबाफदेही नेपाल सरकार स्वयम् हुनुपर्ने चेतावनी समेत दिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस