बजेटले न समस्या चिन्यो, न समाधान दियो : विष्णु पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजेटले न समस्या चिन्यो, न समाधान दियो : विष्णु पौडेल


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । एमाले सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकका समस्या चिन्न र समाधान दिन नसकेको प्रतिक्रिया दिएका छन् । 

नयाँबानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले चलनचल्तीका कार्यक्रमहरूको घोषणाबाहेक अरु केही हुन नसकेको बताए । 

‘बजेटले मुलुकका समस्यालाई चिन्न सकेन । समाधान दिन सकेन । चलन चल्तीका कार्यक्रमको घोषणाबाहेक अरु केही हुन सकेन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले आम जनतामा आशा उत्साह दिन सकेन ।’ 

उनले सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई समाधान दिन बजेट असफल भएको बताए । ‘अर्थतन्त्र जुन सङ्कटको अवस्थामा छ, बन्दीमा छ यो सच्याइलाई बुझेर जुट हाइटबाट समाधान दिनुपर्थ्यो, त्यो दिन सकेन,’ सांसद पौडेलले भने ।  

उनले बजेट कार्यान्वयन हुने कुनै सम्भावना नरहेको पनि बताए । ‘राजश्व परिचालनको दृष्टिले चालु आर्थिक वर्षमा जुन दर्दनाक अवस्था छ, आउने आर्थिक वर्षमा १२ खर्ब ४८ अर्बको राजश्व परिचालनको यसले अनुमान गरेको छ, न यसले प्रक्षेपण गरेको राजश्व परिचालन गर्न सक्छ, न यसले प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्छ । न यसमा खर्चका निम्ति जुन प्रस्ताव गरिएको छ, तदनुकुलको खर्च न प्रबन्ध गर्न सक्छ,’ उनले थपे । 

पटक-पटक अर्थमन्त्री रहिसकेका पौडेलले मुख्य गरी बजेटले लिएको ६-५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण पूरा हुने कुनै सम्भावना नरहेको ठोकुवा गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस