मन्त्रिपरिषद्ले लगायो प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीको टुङ्गो  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्ले लगायो प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने टोलीको टुङ्गो 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीको भारत भ्रमणका लागि जाने टोलीको टुङ्गो लागेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि टोलीको टुङ्गो लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यही जेठ १७ देखि २० गतेसम्म हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस