‘भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ’


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन् ।

ठुला भ्रष्टाचारीहरूलाई ‘ठुला माछा’को संज्ञा दिँदै मन्त्री किराँतीले उनीहरूलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठुला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरूलाई भने खोज्नुपर्ने बताए ।

शहीदहरूमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस