सार्वजनिक जग्गाको दुरुपयोग हुनु हुँदैन : प्रदीप पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक जग्गाको दुरुपयोग हुनु हुँदैन : प्रदीप पौडेल


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिने बताएका छन् ।

सोमबार काठमाडौँमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानका नाममा छुट्ट्याइएका जग्गामा वृक्ष रोपण गर्दै उनले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

नेता पौडेलले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा ‘लिज’मा दिए विरोधमा उत्रिने समेत चेतावनी दिएका छन् ।

सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ छ । काठमाडौँ क्षेत्र नम्बर–५ मा सार्वजनिक जग्गा खोजेर त्यसको संरक्षणका लागि आफूले वृक्ष रोपण गर्ने उनले उल्लेख गरे । काठमाडौँको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए ।

निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताउँदै केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न उनले चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस