राष्ट्रिय वाणिज्य बैङ्कसहित ५ संस्थानहरू उच्च नाफामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय वाणिज्य बैङ्कसहित ५ संस्थानहरू उच्च नाफामा


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय वाणिज्य बैङ्कसहित पाँच वटा संस्थानहरू धेरै नाफा कमाउनेमा परेका छन् । आर्थिक सर्वेक्षणका अनुसार वाणिज्य बैङ्कसहित नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि., नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले नाफा आर्जन गरेको देखाएको छ।

जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १२ करोड ९४ लाख, नेपाल विद्युत् प्राधिकरणले छ अर्ब ९ करोड ९४ लाख, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ४२ करोड ३६ लाख, नागरिक लगानी कोषले दुई अर्ब २५ करोड दुई लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई अर्ब १५ करोड ९ लाख खुद नाफा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस