करिब ३ करोड ठगेको आरोपमा हुलाक कार्यालय प्रमुख पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

करिब ३ करोड ठगेको आरोपमा हुलाक कार्यालय प्रमुख पक्राउ


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन्।

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई गत सुक्रबार पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।

उनले प्रशासनसँग भने, ‘बैकमा राखेको पैसा हिनामिना गरेको भन्ने कुरा आएको छ, त्यो बेला उहाँ नै कार्यालय प्रमुख हुनुहुन्थ्यो, त्यही भएर पक्राउ गरिएको हो । 

पाण्डेयका अनुसार कुर्मीले बचतकर्ताको २ करोड ७५ लाख ४ सय ७२ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । 

उनले भने, ‘अहिले सम्म २ करोड ७५ लाख ४ सय ७२ रुपैयाँ ठगी गरेको भन्ने छ बाकी बिस्तारै आउँदै छ , अनुसन्धान हुँदै छ, ठगीमा संलग्न अरु पनि हुन सक्छन् ।’

जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस