यस्तो छ आजको मौसम पूर्वानुमान, यी प्रदेशमा वर्षा हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान, यी प्रदेशमा वर्षा हुँदै


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आज कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोसी र वाग्मती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्यानसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ ।

पहाडी भूभागका केही स्थानहरूमा मेघ-गर्जन/चट्यानसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस