मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिदै नागरिक उन्मुक्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिदै नागरिक उन्मुक्ति


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो।

मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नागरिक उन्मुक्ति चिढिएको छ। नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले बताउँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस