सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका छन् ।

वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने प्रहरीले बताएको छ ।

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस